गणेश क्षेत्री /टीकापुर नगरपालिका मा मेयर अन्तर विद्ययालय खेलकुद तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ को टीकापुर नगरपालिका वडा नं ७ सत्तिमा आज एक कार्यक्रम का बिच उद्घाटन भएको छ।
वडा नं ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने को सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य हरि ज्ञवाली( अखण्ड) प्रमुख अतिथी रहनु भएको थियो।
कार्यक्रम मा वडा नं ६ का अध्यक्ष बलिराम चौधरी र साबिक धनसिहंपुर गा वि स का अध्यक्ष जङ्ग बहादुर साउँद विशिष्ट अतिथी रहनुभएको थियो।
प्रमुख अतिथी हरि ज्ञवाली ले खेलाडी राष्ट्रको गहना भएको बताउनुभयो। प्रतियोगिताहरु जति हुन्छन् प्रतिभावान खेलाडी को उदय त्यतिनै हुनेहुनाले खेलकुद प्रतियोगिता को निरंतरता हुनुपर्ने बताउदै राज्यले खेलाडी लाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो।
विशिष्ट अतिथि वडा नं ६ का अध्यक्ष बलिराम चौधरी ले खेलाडी अनुशाशीत हुनुपर्ने बताउनुभयो।खेल हो जितहार हुन्छ एक पक्ष ले हार्ने अर्को पक्ष ले जित्ने हुनाले सहज रुपमा स्वीकार्न सक्नु नै असल अनुशासित खेलाडी मा हुनुपर्ने गुण भएको बताउनुभयो।
अर्का विशिष्ट अतिथी जङ्ग बहादुर साउद ले खेलाडीलाई राज्य ले उपेक्षित गरेको बताउनुभयो।बेरोजगारी छ अभाव छ प्रतिभाशाली खेलाडी छन् तर पलायन हुँदै छन् दु:खद स्थिति छ ! अब राज्यले ससम्मान रोजगारी सहित खेलाडीलाई संरक्षण गर्नुपर्ने बताउनुभयो।
आजको प्रतियोगितामा सटपुट मा छात्र तर्फ त्रिभुवन मा वि का सागर बिक प्रथम ,रा मा वि बेलुवा का अविनाश द्वितीय, सेतिमैया चौधरी मा वि का अनुराग चौधरी तृतीय भएका छन्।
सटपुट मा छात्रातर्फ कालिका इङ्लिस बोर्डिङकी समिक्षा थापा प्रथम, सेतिमैया चौधरी मा वि की दिपिका चौधरी द्वितीय, कर्णाली मा वि सत्तीकी रोशनी सुनार तृतीय भएकी छन्।
म्युजिकल चेयर मा छात्र तर्फ रिभर लाइन बोर्डिङ का जेनिस साउद प्रथम,खडक आधारभूत का अमृत चौधरी द्वितीय, कर्णाली मा वि सत्ती का मोहम्मद जैन तृतीय भएका छन्
म्युजिकल चेयर मा छात्रा तर्फ खडक आधारभुतकी भुमिका चौधरी ,रिभर लाइनकी एन्जिला चौधरी द्वितीय,नोबेल पब्लिक स्कुलकी बालदेबी बि.क तृतीय भएकी छन्
५ दिनसम्म छनौट चरण हुने र त्यसपछि फाइनल चरण ३ दिनसम्म हुने शिक्षक तथा प्रतियोगिता का प्रमुख एम्पायर भिम महर ले बताउनुभयो शिक्षक ओपेन्द्र खड्का ले कार्यक्रम को संचालन र स्वागत प्र अ खुमानन्द ओलीले गर्नुभएको थियो।