बर्दिया का दुई युवा खैरो हेरोइन सहित पक्राउ
लगातार ३ दिन कालाकुन्डा प्रहरी द्वारा लागू औषध सहित युवा पक्राउ
गणेश क्षेत्री/बर्दिया का दुई युवा खैरो हेरोइन १.९९० मिली ग्राम सहित प्रहरी ले पक्राउ गरेको छ
ईन्डिया नेपाल को बोर्डर खक्रौला मा कालाकुन्डा प्रहरी चौकीले लगातार ३ दिन खैरो हेरोइनपक्राउ गर्न सफल भएको छ।
आज बर्दिया का दुई युवालाई २ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको हो।
आज दिउँसो १२:३० बजे भारत बाट नेपाल आउँदै गर्दा शंका लागि चेकजाँच गर्दा ज्याकेटको खल्तिमा लुकाइछिपाइ रहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताउनुभयो। 
भे ७ प ८५६६ नम्बरको २२० सीसीको पल्सर बाइक सहित लुम्बिनी प्रदेश बर्दिया गेरुवा गाउँपालिका थापापुर १ बस्ने बर्ष २८ को धर्मेन्द्र आचार्य र सोहि ठाउँका बर्ष २९ को आशिष नेपाली लाई खैरो हेरोइन २ ग्राम सहित कालाकुन्डा प्रहरी चौकीका इन्चार्ज चक्र बहादुर सिह को टोलिले पक्राउ गरेको हो।
ती दुई युवालाई थप अनुसन्धान को लागि इलाका प्रहरी कार्यालय टीकापुर लगिएको।
