गणेश क्षेत्री / राजापुर भन्सार कार्यालय ले आर्थिक बर्ष २०८२/८३ को श्रावण भाद्र र असोज ३महिनाको भन्सार को लक्ष्य ७३ लाख ९१ हजार रहेकोमा ६८ लाख ७१ हजार ८ सय ७२ रुपैयाँ मात्रैराजस्व संकलन भएको भन्सार प्रमुख धन बहादुर शाहीले बताउनुभयो
भन्सार प्रमुख शाही गस्तिमा नजाने र नितिगत भ्रष्टाचार गर्ने गरेकोले राजस्व वृद्धि नभएको पाइएको छ
भन्सार गस्ति नै नगरेर ब्यक्तिगत प्रयोजन र आफ्ना आसेपासे लाइ पेट्रोल र डिजल दिएर राज्यको ढुकुटी को दोहन शाहीले गरेको पाइएको छ
ठुलो परिमाण मा भन्सार गस्ति को नाममा तेल बितरण गरेको र सुचनाको हक प्रयोग गरेर तेलको विवरण माग्दा प्रमुख ले दिएनन् र तेल दिने गणपति आयल स्टोर का संचालकले पनि जानकारी दिन नसक्ने बताए
गुलरिया उद्योग बाणिज्य संघ का अध्यक्ष देबेन्द्र पान्डे ( मंगल ) ले भन्सार ले गस्ति नगर्ने गरेको आफुलाई जानकारी भएको बताउनुभयो
तस्करी छ तर भन्सार को गस्ति सक्रियता न्युन भएको अध्यक्ष पान्डेको भनाइ थियो
केहि समय अघि अटो मा तरकारी ईन्डिया बाट ल्याएको भन्दै कैलालीकी एक महिलाको तरकारी र अटो सहित इलाका प्रहरी कार्यालय राजापुरले पक्राउ गरेर भन्सार बुझाएको थियो ! उक्त तरकारी ८ हजार रुपैयाँ रुपैयाँ बराबर को मात्रै थियो र उक्त महिलाले नै भन्सार बाट लिलामसकार गरेर ८ हजारमै लिइन ! तर अटो ३ लाख रुपैया धरौटी मागेपछि महिलाले तिर्न सकिनन् र अटो जफत भयो
तर केहि दिन अघि मात्रै इलाका प्रहरी कार्यालय राजापुर ले राजापुर कै २ जनालाइ कपडा सहितपक्राउ गरेर २ लाख १८ हजार बराबरको प्रतिबेदन सहित भन्सार मा बुझायो तर भन्सार ऐन २०६४को दफा २७ मा बिगो बराबर जनहि तिराउन सक्ने ब्यवस्था भएपनि भन्सार प्रमुख शाहीले दुबैजनालाई जनहि जरिवाना नगराएर दामासाहि तिराए र उन्मुक्ति दिए र नितिगत भ्रष्टाचार गर्न भ्याय
राजापुर भन्सार कार्यालय बाट मानपुर टपरा बोर्डर झन्डै १० किलोमीटर टाढा छ न त्यहाँ भन्सारको कर्मचारी को उपस्थिति छ न बोर्डरमा रहेका सशस्त्र प्रहरीलाई के कति परिमाण मा सामान आउँछ भनेर हेर्ने अधिकार नभएको भन्दै ब्यापारी लाइ प्रसय दिएर नितिगत भ्रष्टाचार गर्छन्
वास्तव मै भन्ने हो भने उनि ईन्डिया तिकुनिया का ब्यापारी संग को उठबसका कारण सामान हेर्न नदिएको पाइएको छ ! आज गुलरिया भन्सारमा तिकुनिया को ब्यापारी ले बोलाएर खानपिनमागएको कुरा स्वीकार भन्सार प्रमुख ले स्वीकार गरेका थिए
सिमा तथा भन्सार को सुरक्षार्थ खटिने गरेको ३१ नम्बर गण का प्रबक्ता फपेन्द्र बहादुर केसिले पनि गस्तिमा भन्सार गस्तिमा सशस्त्र प्रहरी जाने नगरेको तर भन्सार तथा सिमा सुरक्षा मा सशस्त्र प्रहरी खटिरहेको बताउनुभयो
भन्सार प्रमुख शाहीले पनि गस्ति खासै नजाने र गएपनि भन्सार को सुरक्षार्थ खटियको टोली नलग्ने गरेको स्विकार्दै घर र नेपालगन्ज काम परेर मात्रै गाडी को प्रयोग गर्ने गरेको बताउनुभयो
