समाचार •राजनीति •खेलकुद •अन्तर्राष्ट्रिय •अर्थ • शिक्षा •विचार कला / साहित्य • स्वास्थ्य •अन्तर्वार्ता •मनोरञ्जन •प्रविधि• निर्वाचन• समाज ब्लग • प्रदेश

सरकारले देशभर १९ हजार मेट्रिक टन मात्र धान खरिद गर्ने, कैलालीमा उत्पादन भएको १५ प्रतिशत पनि नकिनिने

खाद्य ले कैलाली बाट झन्डै उत्पादन १५ प्रतिशत मात्रै धान खरिद गर्ने

 

गणेश क्षेत्री/कैलाली खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले देश भरिबाट १ लाख ९० हजार क्विन्टल धान अर्थात १९ हजार मेट्रिक टन धान मात्रै सरकारले तोकेको मुल्यमा खरिद गर्ने भएको छ ।
तर कृषि ज्ञान केन्द्र धनगढी का अनुसार कैलाली मा मात्रै ३ लाख २४ हजार ८ सय २४ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ! कैलाली जिल्लाको करिब १५ % मात्रै धान पनि खरिद नहुने पाइएको छ

नवजीवन बहुउद्देश्यीय सहकारी संस्थाका संचालक उत्तम जोशिले पनि आफ्नो संस्थाले १० हजार क्विन्टल धान खरिद गरेर गोदावरी नगरपालिका ८ मा संचालन गरेको मिलमा चामल बनाउने तयारिमा रहेको बताउनुभयो।
जोशिले ठुला ब्यापारी संग धान गोदाममै थन्किएको बताउनुभयो
जानकि ७ गोलौरि का पुर्ब वडा अध्यक्ष लक्ष्मण चौधरी ले पनि आफुले २ बिगहा मा मसिनो धान उत्पादन गरेको र सावा मन्सुलि ४ हजार ५ सय र बासमति ८ हजार प्रति क्विन्टल मा बिक्रि गर्ने गरेको बताउनुभयो।
अध्यक्ष चौधरी ले माग मसिनो को छ तर कृषक हरुले मोटो धान उत्पादन गर्नाले पनि उचित मुल्य पाउन नसकेको बताउनुभयो
कृषक तथा टीकापुर नगरपालिका मेयर रामलाल डगौरा ले सरकारले कृषक हरुलाइ मलखाद समयमा उपलब्ध गराउन नसक्नु , मलखाद महँगो मा खरिद गर्ने बाध्यता त छदैछ उत्पादन भएको धान को समेत उचित मुल्य नपाउँदा कृषक हरु मर्कामा परेको बताउनुभयो।

नेपाल सरकारले नेपाल को चामल लाइ प्राथमिकता मा नराखेर ईन्डिया बाट चामल खरिद गर्नाले कृषक ले कसरि उचित मुल्य पाउँछन र यो दु:खद हो अझै खाद्यले नेपाल अधिराज्यभर को धान खरिद गर्ने परिमाण त कैलाली जिल्लाको कृषक को २५ प्रतिशत पनि नभएकोले खरिद को मात्रा बढाउनुपर्ने बताउनुभयो।
आयुसा कृषि फर्म टीकापुर का प्रो कृषक कृत ठकुल्ला ले ईन्डिया बाट चामल आयात गरेर कृषक लाइ सरकारले पलायन बनाउन खोजेको बताउनुभयो।
खाद्य ले ३ हजार ४ सय ६३ रुपैयाँ मा मोटो र मध्यम धान ३ हजार ६ सय रुपैयाँ मा खरिद गर्ने भएको छ ! मोटो धान मा सरजु बावन मध्यम मा गरिमा , सावा मन्सुलि , गोरखनाथ खरिद गर्ने गरेको छ।
गत बर्ष नेपाल सरकार को धानको समर्थन मुल्य मोटो ३ हजार १ सय ९८ र मध्यम धान ३ हजार ३ सय ६२ रहेको थियो।
तर ब्यापारी हरुले ३ हजार ९ सय देखि ४ हजार रुपैयाँ सम्म खरिद गर्नाले खाद्य को लक्ष्य ५० हजार २ सय मेट्रिक टन रहेको मा ४६ हजार १ सय १३ क्विन्टल मात्रै खरिद गरेको थियो ! खाद्य ले त्यसपछि ८ लाख ३६ हजार क्विन्टल चामल खरिद को टेन्डर आव्हान गरेको थियो।

सम्बन्धित
Leave a comment