समाचार •राजनीति •खेलकुद •अन्तर्राष्ट्रिय •अर्थ • शिक्षा •विचार कला / साहित्य • स्वास्थ्य •अन्तर्वार्ता •मनोरञ्जन •प्रविधि• निर्वाचन• समाज ब्लग • प्रदेश

जानकि गाउँ पालिकामा तिहारको दोस्रो दिन नहरमा नुहाउने क्रममा जुम्ल्याहा सहित ३ बालिकाको मृत्यु

गणेश क्षेत्री /जानकि गाउँ पालिका वडान १ मा तिहारको दोस्रो दिन नहरमा नुहाउने क्रममा २ जना जुम्ल्याहा सहित ३ जना बालिका को मृत्यु भएको छ
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगिले आज बिहान जानकि १ गुजुरुवा कुलरिया नहरमा पौडि खेल्ने क्रममा ३ जना बालिकाको मृत्यु भएको बताउनुभयो
लम्कि चुहा नगरपालिका को लोकराज उपाध्याय को १२ बर्षको छोरि डम्मरा उपाध्याय,लम्कि चुहा ३ ब्यवस्थित नगर को नारायण बजगाइ को जुम्ल्याहा छोरीहरु बर्ष १० को मानसि बजगाइ र निशा बजगाइ अचेत अवस्थामा फेला परेको र अस्पताल ले मृत्यु को घोषणा गरेको इन्चार्ज डाँगि ले बताउनुभयो


अचेत अवस्थामा प्रहरी टोलिले उपचार को लागि ल्याइएकोमा ३ जना बालिकाको मृत्यु भएको टीकापुर अस्पताल पुस्टि गरेको छ
तिहारको भाइ टिकाको दोस्रो दिन भएको दु:खद घटनाले पुरा गाउँ नै शोक मा डुबेको छ

सम्बन्धित
Leave a comment