समाचार •राजनीति •खेलकुद •अन्तर्राष्ट्रिय •अर्थ • शिक्षा •विचार कला / साहित्य • स्वास्थ्य •अन्तर्वार्ता •मनोरञ्जन •प्रविधि• निर्वाचन• समाज ब्लग • प्रदेश

अबैध बाटो वाट सामान ओसारपसार हुँदा राजस्व प्रभावित

नेपाली ब्यापारी को पसल सुनसान छ तर भारतिय ब्यापारी हरुलाइ भ्याइ नभ्याइ छ

गणेश क्षेत्री / ईन्डिया नेपालको सिमाको अबैध बाटो भएर सामान ओसारपसार गर्नाले भन्सार को राजस्व प्रभावित भएको छ  !चाडबाडमा नेपालि ब्यापारी को पसल सुनसान छ ! भारतिय ब्यापारी हरुलाइ भ्याइ नभ्याइ छ तर राजस्व भने ओरालो लागेको छ

भन्सार ऐन २०६४ दफा ३ अनुसार भन्सारको बाटो अथवा भन्सार क्षेत्र बाट मात्रै सामान आयात निर्यात गर्नुपर्ने उल्लेख छ ! तर कुसुम घाट अन्त्रगत को भारतिय मरिया घाट, हलौना घाट,कौवाखेडा,हिम्मतपुर घाट बाट दैनिक झन्डै दशै तिहारमा १ हजार जना र अन्यदिनमा २ सय जनाको हाराहारी मा सामान ओसारपसार गर्नाले राजस्व गुम्दै आएको छ

सत्ति भन्सार कार्यालय खक्रौलाले श्रावण महिनाको लक्ष्य १ करोड २८ लाख ९० लाख रहेको मा झन्डै ५० प्रतिशत अर्थात ६३लाख ३८ हजार ३सय ३२ रुपैयाँ मात्रै राजस्व संकलन भएको छ

त्यसैगरी भाद्रमा १ करोड ३४ लाख लक्ष्य रहेकोना ६८ प्रतिशत अर्थात ९० लाख मात्रै राजस्व संकलन भएको सत्ति भन्सार कार्यालय का निमित्त प्रमुख पदमराज भट्ट ले बताउनुभयो ।

सिमामा भन्सार तथा सिमा सुरक्षा को जिम्मा पाएको सशस्त्र प्रहरी र नेपाल प्रहरी ले घरायसी सामानको नाममा ब्यापारीक सामान समेत ओसारपसार गर्न दिनाले राजस्व गुमेको पाइएको छ

विशेष गरेर भजनि नाका बाट दैनिक तस्करी हुँदा इलाका प्रहरी कार्यालय भजनि को प्रहरी मौन बस्नाले अर्थपूर्ण रुपमा हेरिएको छ।अर्का नायब सुब्बा सिताराम बुढाथोकि ले सुरक्षाकर्मिले मालसामान भन्सार को बाटो भएर आयात निर्यात गर्नको लागि कडाइ गर्नुपर्ने बताउनुभयो

आर्थिक ऐन २०८० मा १ सय रुपैयाँ भन्दा बढि मालसामान भन्सार महसुल तिर्नुपर्ने ब्यवस्था रहेको छ तर सुरक्षाकर्मिले पंखा , कपडा लगायत का हजारौं मुल्यका मालसामान अबैध नाकाबाट आफ्नो तजबिजमा मनपरि छोड्दै आएका छन्

घरायसी प्रयोजन को सामान आउन दिनु ब्यवहारिक भएपनि ब्यापारीहरुको चलखेल हुनुका साथै लागु औषध समेत भित्रीन सक्ने पाइएको छ ।

भजनि नगरपालिका ले स्थानीय स्वायत्त ऐन अन्त्रगत बोर्डर मा रहेका घाट बाट मानिस ओहोरदोहोर गर्न डुङ्गा संचालन गर्न दिएको छ

भारतिय बजार मा भन्दा नेपाल मा आलु , ओखर सस्तो छ भने डाबर का उत्पादन च्यवन प्रास ,पेस्ट र पतन्जलिको सर्फ , बिस्कुट , घिउ , साबुन लगायतका सामान उहि रेटमा नेपाल मा  पाइन्छ

सत्ति भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख पदमराज भट्ट ले खक्रौला र पृथ्वी पुर छोटि भन्सार को बाटो मात्रै बैधानिक भएको बताउनुभयो

सम्बन्धित
Leave a comment