समाचार •राजनीति •खेलकुद •अन्तर्राष्ट्रिय •अर्थ • शिक्षा •विचार कला / साहित्य • स्वास्थ्य •अन्तर्वार्ता •मनोरञ्जन •प्रविधि• निर्वाचन• समाज ब्लग • प्रदेश

नेपालगञ्जका होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ

गणेश क्षेत्री कैलाली टीकापुर,

नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि गर्ने महिला तथा पुरुष गरेर ४५ जनालाई प्रहरी ले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डियसपि दिपक पातलिले होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि गर्ने गरेको भएको गुनासो आएपछि होटल तथा रेस्टुरेन्ट मा छापा हानेर पक्राउ गरेको बताउनुभयो प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङगालि होटलमा छापा मार्दा १४ पुरुष र ३१ जना महिला गरेर ४५ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउपर्नेमा आठ जना भारतीय पुरुष समेत रहेका छन् ।

दशै तिहार लाई लक्षित गरेर आपराधिक क्रियाकलाप , कानुन बिपरित कार्य गर्नेहरुलाइ प्रहरी ले धमाधम पक्राउ गर्दे आएको छ ।
२ दिन अघिमात्रै बाँके प्रहरी ले जुवातास खेल्ने वरिष्ठ सइ सहित १३ जनालाई १३ लाख सहित पक्राउ गरेको थियो ।

सम्बन्धित
Leave a comment